गगन थापाको आरोप- एमाले र रास्वपाबीच सहकारी र गिरीबन्धुको विषय नउठाउने समझदारी बनेको छ

नेपालभ्युज

गगन थापाको आरोप- एमाले र रास्वपाबीच सहकारी र गिरीबन्धुको विषय नउठाउने समझदारी बनेको छ

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले एमाले र रास्वपाबीच एकअर्काले सहकारी र गिरीबन्धुको विषय नउठाउने समझदारी बनेको आरोप लगाएका छन् ।

सहकारीमा बचत भएको रकम अपचलनमा रास्वपा र गिरीबन्धुमा नीतिगत भ्रष्टाचार गरेको विषयमा एमाले जोडिएको छ । दुवै पक्षले अर्को पार्टी जोडिएको विषयमा विरोधमा नबोलेपछि थापाले कटाक्ष गरेका हुन् ।

थापाले उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले आइतबार प्रतिनिधि सभामा बोल्ने क्रममा विभिन्न सन्दर्भमा समिति बनाउने भनेकोमा थापाले जुनजुन विषयमा समिति बनाउने हो, बनाए हुन्छ भन्दै चुनौती दिए ।

प्रतिनिधि सभा बैठकपछि पत्रकार सम्मेलनमा बोल्दै थापाले भने, ‘सबैमा समिति बनाए हुन्छ । मेरो बारेमा बनाएको समितिमा चाहिँ म बस्नुपर्दैन भनिराख्नुभएको थियो । तपाईं बस्नै पर्दैन । तपाईंको काम अब नेकपा एमालेले गरिदिन्छ ।’


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved