संसदीय समितिको ‘टीओआर’ टुंग्याउन कठिनाइ, सहयोगका लागि पुगे रमेश लेखक

जारी बैठकमा सहयोगका लागि कांग्रेसका प्रमुख सचेतक रमेश लेखक पनि पुगेका छन् । समितिले सहयोग मागेपछि उनी त्यहाँ गएका हुन् ।

नेपालभ्युज

संसदीय समितिको ‘टीओआर’ टुंग्याउन कठिनाइ, सहयोगका लागि पुगे रमेश लेखक
फाइल फोटो

काठमाडौं । सहकारीमा जम्मा गरिएको रकम हिनामिनाका सन्दर्भमा संसदीय छानबिन समिति गठन गर्न दलहरू सहमत भए पनि त्यसको कार्यादेश (टीओआर) टुंग्याउने विषय पेचिलो बनेको छ ।

कांग्रेस, एमाले, माओवादी केन्द्र र रास्वपाको शनिबारको बैठकले समिति गठन गर्ने सहमति गर्दै कार्यादेश टुंग्याउनका लागि कानुन, न्याय तथ संसदीय मामिला मन्त्री पदम गिरी, एमालेका महेश बर्तौला, कांग्रेसका जीवन परियार र रास्वपाका शिशिर खनाल रहने कार्यदल गठन गरेको थियो ।

कार्यदलको बैठक आइतबार बिहानैदेखि बसिरहेको छ । तर कार्यदललाई संसदीय समितिको कार्यादेश टुंगो लगाउन कठिन परेको छ । कांग्रेस उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेको नामै तोकेर वा उनले रकम हिनामिना गरेको भनिएका सहकारीको नाम तोकेर कार्यदेश तय गर्नुपर्ने भन्ने पक्षमा छ । रास्वपा र एमाले भने समग्र सहकारीको विषयमा छानबिन हुनुपर्ने पक्षमा छन् ।

सिंहदरबारस्थित कानुन, न्याय तथ संसदीय मामिला मन्त्रालयमा जारी बैठकमा सहयोगका लागि कांग्रेसका प्रमुख सचेतक रमेश लेखक पनि पुगेका छन् । समितिले सहयोग मागेपछि उनी त्यहाँ गएका हुन् । बैठकमा अर्का नेता ज्ञानेन्द्र कार्की पनि सहभागी भएका छन् ।

यता नयाँ बानेश्वरस्थित संसद् भवनमा बसेको विपक्षी दलहरूको बैठकले उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेलाई बोल्न दिने सहमति गरेका थिए । तर, संसदीय छानबिन समितिको कार्यादेश नटुंगिकन बैठक सञ्चालन नगर्न उनीहरूले सभामुलाई आग्रह गरेका छन् । जसकारण प्रतिनिधि सभा बैठक तत्कालका लागि अनिश्चित बनेको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved