गोरखा । बूढीगण्डकी जलविद्युत् आयोजनाको प्रभावित क्षेत्रका बासिन्दाले जग्गाको लालपूर्जा फिर्ता गर्न माग गरेका छन् । आयोजनाको निर्माण तत्काल नथाल्ने हो भने सरकारले अधिग्रहण गरेको जग्गा फिर्ता पाउन माग गरेका हुन् ।
आयोजनाको निर्माण तत्काल शुरु हुने प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले गरेको प्रतिवद्धता डेढ वर्षसम्म पनि पूरा नभएकोमा उनीहरुको असन्तुष्टि छ ।
बूढीगण्डकी सरोकार समितिले गोरखा सदरमुकाममा गरेको पत्रकार सम्मेलनमा बूढीगण्डकी जलविद्युत् आयोजना राष्ट्रिय सरोकार समितिका संयोजक हरेराम ढकालले तत्काल काम शुरु गर्न आग्रह गरे ।
बूढीगण्डकी आयोजनाको बाँधका कारण चार हजार पाँच सय ५७ परिवारको सबै जग्गा डुब्छ भने आठ हजार एक सय १७ घर परिवार विस्थापित हुनेछन् । अहिलेसम्म ४९ हजार ९५ रोपनी जग्गा जमिनको मुआव्जा र घर, गोठ, बोटबिरुवाको क्षतिपूर्तिबापत ५२ अर्ब ९८ करोड रुपैयाँ मुआव्जा वितरण भइसकेको सरकारले जनाएको छ ।
Facebook Comment
Comment