काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले आफ्नो पार्टीले उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेलाई संसद्मा बोल्न नदिएको भन्ने कुरा गलत भएको दाबी गरेका छन् ।
नेपाल लोकतान्त्रिक वैदेशिक रोजगार व्यवसायी एशोसिएशनले शनिबार काठमाडौंमा आयोजना गरेको एक कार्यक्रममा बोल्दै उनले उपप्रधानमन्त्री लामिछानेलाई संसद्मा बोल्न नदिएको आरोप लगाइरहँदा कांग्रेसले बोल्न दिने कुरामा सहमत भएको जिकिर गरेका हुन् ।
बोलेको कुरामा चित्त नबुझे खण्डन गर्ने कांग्रेसको अडान पनि बोल्न नचाहेको नेता कोइरालाको भनाई छ ।
उनले उपप्रधानमन्त्री लामिछानेले सहकारी ठगीमा मुछिएपछि गृहमन्त्री भएर बस्न नमिल्ने बताए । उपप्रधानमन्त्री भए फरक नपर्ने तर, गृह मन्त्रालयमा बस्न भने उनले नमिल्ने नेता कोइरालाले बताए ।
साथै, कोइरालाले उपप्रधानमन्त्री लामिछाने आफैले संसद्मा उभिएर आफूमाथि लागेको सहकारी गठी छानबिनका लागि संसदीय समिति बनाउनुपर्ने धारणा राख्नुपर्ने बताए ।
Facebook Comment
Comment