काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले संसद्को गतिरोधबारे प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसका नेताहरूसँग फेरि छलफल गर्ने भएका छन् ।
उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेसमेत सहकारी प्रकरणमा दोषी देखिएको भन्दै कांग्रेसले निरन्तर संसदीय छानबिन समिति बनाउनुपर्ने मागसहित संसद् अवरोध गर्दै आएपछि सहमतिको प्रयास स्वरूप अहिले बिहान साढे ८ बजे छलफलका लागि बालुवाटारमा बोलाएका हुन् ।
यसअघि कांग्रेस नेताहरूलाई हिजो साँझ ६ बजे बोलाइएको भए पनि प्रधानमन्त्रीको व्यस्तताका कारण आज बिहानका लागि बैठक सारिएको हो ।
उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेसमेत सहकारी प्रकरणमा दोषी देखिएको भन्दै कांग्रेसले निरन्तर संसदीय छानबिन समिति बनाउनुपर्ने मागसहित संसद् अवरोध गर्दै आएको छ ।
बिहीबार प्रतिनिधिसभामा भएको सत्तापक्ष र विपक्षको धकेलाधेकलको अवस्था आएको थियो । राजनीतिक माहौललाई सहज बनाउँदै मध्यमार्गी विकल्पमार्फत सहमति खोज्न प्रधानमन्त्रीले संवाद र छलफललाई पुनः अघि बढाएका हुन् ।
Facebook Comment
Comment