कोशीका नवनियुक्त मन्त्रीहरूले लिए शपथ

नेपालभ्युज

कोशीका नवनियुक्त मन्त्रीहरूले लिए शपथ

काठमाडौं । कोशी प्रदेश नवनियुक्त मन्त्रीहरूले पद तथा गोपनियताको शपथ लिएका छन् ।

प्रदेश प्रमुख ‎परशुराम खापुङ्गले शपथ खुवाएका हुन् । शुक्रबार मुख्यमन्त्री हिक्मत कार्कीले पाँच जना मन्त्री र दुई राज्यमन्त्री नियुक्त गरेका थिए ।

आर्थिक मामिला तथा योजना मन्त्रीमा राम राना, सामाजिक विकास मन्त्रीमा पाँचकर्ण राई, ऊर्जा, सिंचाइ तथा खानेपानी मन्त्रीमा एकराज कार्की, आन्तरिक मामिला तथा योजना मन्त्रीमा लिलावलल्भ अधिकारी नियुक्त भएका छन् ।

यस्तै, भौतिक पूर्वाधार विकास मन्त्रीमा गणेश उप्रेती, स्वास्थ्य मन्त्रीमा राजेन्द्र कार्की र पर्यटन, वन तथा वातावरण मन्त्रीमा नारायणबहादुर मगर नियुक्त भएका छन् ।

वन्दना झागरले पर्यटन, वन तथा वातावरण राज्यमन्त्री र एमालेबाट सिर्जना राई विनाविभागीय राज्य मन्त्री बनेका छन् ।

यससँगै मन्त्रिपरिषद् १० सदस्यीय बनेको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved