रेकर्ड कायम गरेको सुनको भाउ घट्यो, कतिमा हुँदैछ कारोबार ?

नेपालभ्युज

रेकर्ड कायम गरेको सुनको भाउ घट्यो, कतिमा हुँदैछ कारोबार ?

काठमाडौं । शुक्रबार नेपाली बजारमा सुनको मूल्यमा गिरावट आएको छ ।

बिहीबार प्रतितोला १ लाख ४० हजार रूपैयाँमा कारोबार भएर रेकर्ड बनाएको छापावाल सुनको मूल्य शुक्रबार घटेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन तोलाको १ लाख ३९ हजार ३ सय रूपैयाँमा कारोबार भइरहेको छ ।

तेजाबी सुनको मूल्य तोलाको १ लाख ३८ हजार ६ सय ५० रूपैयाँ कायम भएको छ ।

यस्तै, शुक्रबार चाँदीको मूल्य पनि तोलामा ५ रूपैयाँले घटेर प्रतितोला १ हजार ८ सय रूपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved