प्रधानमन्त्री प्रचण्डले आगामी सोमबार चौथो पटक विश्वासको मत लिने

नेपालभ्युज

प्रधानमन्त्री प्रचण्डले आगामी सोमबार चौथो पटक विश्वासको मत लिने

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आगामी सोमबार संसदबाट विश्वासको मत लिने भएका छन् । प्रधानमन्त्री प्रचण्डले चौथोँ पटक विश्वासको मत लिन लागेका हुन् ।

उपेन्द्र यादव नेतृत्वको जनता समाजवादी पार्टी नेपाल (जसपा) सरकारबाट बाहिरिएपछि प्रधानमन्त्री प्रचण्डले पुन विश्वासको मत लिनु परेको हो ।

सत्ता साझेदार दलले समर्थन फिर्ता लिएको अवस्थामा ३० दिनभित्र विश्वासको मत लिनुपर्ने संवैधानिक व्यवस्था छ ।

विश्वासको मत लिने प्रक्रियाका विषयमा प्रधानमन्त्री प्रचण्डले हिजो साँझ संघीय संसदका महासचिव पद्मप्रसाद पाण्डेयसँग पनि छलफल गरेका छन् ।

प्रधानमन्त्री प्रचण्डलाई विश्वासको मत प्राप्त गर्न गर्न १३८ सांसदको समर्थन आवश्यक छ । वर्तमान सत्ता समीकरणमा जसपा बाहिरिए पनि विश्वासको मतका लागि प्रचण्डलाई कुनै समस्या छैन ।

 


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved