नीति तथा कार्यक्रम कार्यान्वयन हुने कुरामा विश्वास छैन : पूर्वअर्थमन्त्री महत

नेपालभ्युज

नीति तथा कार्यक्रम कार्यान्वयन हुने कुरामा विश्वास छैन : पूर्वअर्थमन्त्री महत
फाइल तस्वीर ।

काठमाडौं । पूर्व अर्थमन्त्री प्रकाशशरण महतले सरकारको नीति तथा कार्यक्रम कार्यान्वयन हुने कुरामा विश्वास नरहेको बताएका छन् ।

महतले प्रधानमन्त्री प्रचण्डको भनाइ र गराइमा आकाश जमिनको फरक रहेको बताए । उनले प्रचण्डको गराइ ठीक उल्टो रहेको बताए ।

‘यहाँ राष्ट्रपतिमार्फत् जे पढियो । त्यसको ठीक उल्टो उहाँहरूले क्रियाकलाप गरिरहनुभएको छ । त्यसकारण यो नीति तथा कार्यक्रम कार्यान्वयन हुन्छ भन्ने कुरामा रतिभर विश्वास छैन’, संघीय संसद्को संयुक्त बैठकपछि संसद् भवन परिसरमा महतले भने ।

राष्ट्रपति रामचन्द्र पौडेलले मंगलबार संघीय संसद्को संयुक्त बैठकमा नेपाल सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गरेका हुन् ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved