बुढीगण्डकी जलविद्युत्‌‌‌‌‌‌‌‌‌‌‌ आयोजनाको निर्माण सुरु गरिने

नेपालभ्युज

बुढीगण्डकी जलविद्युत्‌‌‌‌‌‌‌‌‌‌‌ आयोजनाको निर्माण सुरु गरिने

काठमाडौं । सरकारले आगामी आर्थिक वर्ष २०८१/८२ मा बुढीगण्डकी जलविद्युत् आयोजना निर्माण सुरु गर्ने घोषणा गरेको छ ।

मंगलबार सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्दै राष्ट्रपति रामचन्द्र पौडेलले बूढी गण्डकी र नलसिंहगाड जलाशययुक्त आयोजनाको निर्माण कार्य अगाडि बढाउने घोषणा गरेका हुन् ।

दूधकोशी जलाशययुक्त आयोजनाको निर्माण पूर्वका काम सम्पन्न गर्ने पनि सरकारले नीति तथा कार्यक्रममा उल्लेख गरेको छ ।

माथिल्लो अरुण, फुकोट कर्णाली, तामाकोशी ५, जगदुल्ला, चैनपुर सेती जलविद्युत् आयोजनाको वित्तीय व्यवस्थापन गरिने पनि सरकारले जनाएको छ । आगामी आवमा कर्णाली चिसापानी जलविद्युत् आयोजनाको विस्तृत अध्ययन सम्पन्न गर्ने सरकारले लक्ष्य राखेको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved