वित्त तथा मौद्रिक नीतिको सामञ्जस्य कार्यान्वयनबाट अर्थतन्त्र क्रमशः सुधार हुँदैछ : राष्ट्रपति पौडेल

नेपालभ्युज

वित्त तथा मौद्रिक नीतिको सामञ्जस्य कार्यान्वयनबाट अर्थतन्त्र क्रमशः सुधार हुँदैछ : राष्ट्रपति पौडेल

काठमाडौं । सरकारले वित्त तथा मौद्रिक नीतिको समाञ्जशय कार्यान्वयनबाट अर्थतन्त्रमा क्रमश: सुधार आएको बताएको छ ।

मंगलवार राष्ट्रपति रामचन्द्र पौडेलले आगामी आर्थिक वर्ष २०८१/०८२ को नीति तथा कार्यक्रम संसदमा पेस गर्दै यस्तो बताएका हुन् ।

उनले सरकारले वित्त र मौद्रिक नीति कार्यान्वयनमा समानजशयताले अर्थतन्त्रमा सुधार भएको बताए । उनले अघिल्लो आर्थिक वर्षको तुलनामा चालु आर्थिक वर्षको आर्थिक वृद्धिदरमा सुधार भएको जानकारी दिए ।

मूल्यवृद्धिदर पनि घटेको उनको भनाई छ । साथै, कानूनहरुमा सुधारगरी लगानीको वातावरणमा सुधार गरिएको पौडेलले बताए ।

उनले बैंक तथा वित्तीय संस्थाहरुमा लगानीयोग्य रकम उच्च रहेकाले अर्थतन्त्रमा सुधार हुँदै सकारात्मक दिशामा आएको बताए ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved