एकीकृत समाजवादीको केन्द्रीय कमिटी बैठक सुरु हुँदै

नेपालभ्युज

एकीकृत समाजवादीको केन्द्रीय कमिटी बैठक सुरु हुँदै

काठमाडौं । महाधिवेशनमा जुटेको नेकपा एकीकृत समाजवादीको  केन्द्रीय  कमिटी बैठक आजदेखि सुरु हुँदैछ ।

दुई दिनसम्म चल्ने यो बैठकमा पार्टीको आसन्न महाधिवेशनका लागि वैचारिक दृष्टिकोण, देशभर पार्टी संगठनको अवस्था लगायत समसामयिक परिस्थितिबारे छलफल गरिने उपमहासचिव जगन्नाथ खतिवडाले बताए । बैठक बिहान ११ बजे बालकुमारीस्थित एक पार्टी प्यालेसमा सुरु हुने छ ।

बैठकले प्रदेश, क्षेत्र र भूगोलको सन्तुलन मिलाएर आवश्यक स्थानमा नेताहरुको जिम्मेवारी तोक्नेछ । महाधिवेशन प्रतिनिधि छनोटका लागि मापदण्ड तय गर्ने र संगठन विस्तारका लागि आवश्यक कार्ययोजना तय गरिने नेता आलोक रायमाझीले बताए ।

बैठकमा अध्यक्ष माधव नेपालले समसामयिक राजनीतिक प्रतिवेदन तथा महासचिव घनश्याम भुसालले सांगठनिक प्रतिवेदन पेस गर्ने कार्यतालिका छ । एकीकृत समाजवादीले आगामी असार १६ देखि २० गतेसम्म काठमाडौंमा राष्ट्रिय महाधिवेशन गर्ने तयारी गरेको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved