सरकार छोडने निर्णय गरेका छैनौँ : झलनाथ खनाल

नेपालभ्युज

सरकार छोडने निर्णय गरेका छैनौँ : झलनाथ खनाल

काठमाडौं । नेकपा (एकीकृत समाजवादी) का सम्मानित नेता एवं पूर्वप्रधानमन्त्री झलनाथ खनालले पार्टीले सरकार छोड्ने निर्णय नगरेको बताएका छन्  ।

पार्टीको आसन्न राष्ट्रिय महाधिवेशनमा प्रश्तुत हुने दस्तावेजहरुको छलफलका लागि सोमवार आयोजित पार्टीको पोलिटब्युरो बैठकपछि सञ्चारकर्मीसँग खनालले पार्टीको राजनीतिक प्रतिवेदनमा पनि सरकार छाडने कुरा उल्लेख नभएको स्पष्ट पारे ।

उनले पार्टीको राष्ट्रिय महाधिवेशनमा पेश हुने राजनीतिक प्रतिवेदनमाथि भोलीदेखि सुरु हुने केन्द्रीय कमिटी बैठकमा थप छलफल हुने पनि बताए।

दुई दिनसम्म चल्ने बैठकमा महाधिवेशनमा प्रस्तुत हुने राजनीतिक प्रतिवेदन, सांगठानिक प्रतिवेदन, पार्टीको समाजवादी कार्यक्रम र विधान संशोधनका विषयमा छलफल गरी टुंगो लगाइने उनले बताए ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved