काठमाडौं । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कार्कीले चाँडै मन्त्रिपरिषद् विस्तार गर्ने बताएका छन् ।
सोमबार प्रदेश सभाबाट विश्वासको मत पाएपछि मुख्यमन्त्री कार्कीले यस्तो बताएका हुन् ।
‘केही सैद्धान्तिक कुराहरू हामीले गरेका छौँ, यसको आधारमा अब हामी एक दुई दिनभित्र सबै कुरा टुंग्याएर ढिलोमा पनि यो हप्ताभित्र सरकार विस्तार गरिसक्छौँ।’ उनले भने ।
नेकपा एकीकृत समाजवादीलाई सरकारमा सहभागी गराउनेबारे छलफल हुने बताए । ‘नेकपा एकीकृत समाजवादीले प्रतिपक्षमा बसेर मत दिएको छ । त्यसबारे हामी छलफल गर्नेछौं ।’ कार्कीले भने ।
सोमबार बसेको प्रदेशसभा बैठकमा कार्कीले राखेको प्रस्तावको पक्षमा ५७ सांसदले मत दिए भने विपक्षमा शून्य मत परेको थियो ।
यस्तै ५ सांसद तटस्थ बसे । ९३ सदस्यीय प्रदेशसभाको बैठकमा ६२ जना सांसद उपस्थित थिए । प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसले भने सदन नै बहिष्कार गरेको थियो ।
Facebook Comment
Comment