घट्यो सुनचाँदीको मूल्य, कतिमा हुँदैछ कारोबार ?

नेपालभ्युज

घट्यो सुनचाँदीको मूल्य, कतिमा हुँदैछ कारोबार ?

काठमाडौं । सोमबार नेपाली बजारमा सुनको मूल्यमा गिरावट आएको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको मूल्य आइतबारको तुलनामा तोलामा ३ सय रूपैयाँले घटेर १ लाख ३८ हजार १ सय रूपैयाँमा कारोबार भइरहेको छ ।

तेजाबी सुनको मूल्य तोलाको १ लाख ३७ हजार ४ सय ५० रूपैयाँ कायम भएको छ ।

यस्तै, सोमबार चाँदीको मूल्य पनि तोलामा १० रूपैयाँले घटेर प्रतितोला १ हजार ७ सय १५ रूपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved