जसपाको केन्द्रीय समितिको बैठक बस्दै, सरकारलाई दिएको समर्थनका विषयमा निर्णय गर्ने

नेपालभ्युज

जसपाको केन्द्रीय समितिको बैठक बस्दै, सरकारलाई दिएको समर्थनका विषयमा निर्णय गर्ने
फाइल तस्वीर

काठमाडौं । जनता समाजवादी पार्टी नेपाल जसपाको केन्द्रीय समिति बैठक बस्दैछ । सरकार छाड्नु पर्ने अवस्थामा पुगेको जसपाले बिहान ११ बजेका लागि बैठक बोलाएको छ ।

प्रधानमन्त्रीबाट सरकार छाड्न सुझाव दिएसँगै जसपाले केन्द्रीय समितिको बैठक बोलाएको हो । बैठकले सरकारलाई दिएको समर्थनका विषयमा निर्णय गर्ने छ ।

पार्टीको आसन्न राष्ट्रिय महाधिवेशनको तयारीलगायतका विषयमा छलफल हुने प्रवक्ता मनिष सुमनले बताए । मधेश प्रदेशमा सत्तारुढ सहयात्री दल नेकपा माओवादी र एमालेले समर्थन फिर्ता लिएसँगै जसपालाई संघीय सरकारमा बस्न नैतिकरुपमा अप्ठ्यारो परेको छ ।

प्रचण्ड नेतृत्वको सरकारमा जसपा नेपालका अध्यक्ष उपेन्द्र यादव उपप्रधान तथा स्वास्थ्यमन्त्री छन् ।

पार्टी विभाजनसँगै प्रदेशदेखि केन्द्रसम्म जसपा सत्ताबाट बाहिरिने अवस्थामा पुगेको छ ।

पार्टीका वरिष्ठ नेता अशोक राईले ७ जना सांसदसहित नयाँ पार्टी जनता समाजवादी पार्टी गठन गरेका थिए ।

 

 


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved