कांग्रेसका दुवै बैठक स्थगित, नेताहरु पदाधिकारी बैठकमा व्यस्त

नेपालभ्युज

कांग्रेसका दुवै बैठक स्थगित, नेताहरु पदाधिकारी बैठकमा व्यस्त

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस संसदीय दल कार्यसमिति र संसदीय दलको बैठक स्थगित भएको छ । आज दिउँसोका लागि तय गरिएका दुवै बैठक जेठ १ गतेका लागि सारिएको हो ।

नेताहरु पदाधिकारी बैठकमा व्यस्त रहेकाले आजको बैठक भोलिका लागि सारिएको सभापति शेरवहादुर देउवाको सचिवालयले जनाएको छ । पदाधिकारी बैठक सभापति निवास बुढानिलकण्ठमा जारी छ ।

आज स्थगित भएको बैठक भोलि बिहान बस्ने सांसद रामहरि खतिवडाले बताए । उनका अनुसार संसदीय दल कार्यसमितिको बैठक बिहान ८ बजे र दलको बैठक ९ बजे बस्ने छ । बैठक सिंहदरबारस्थित संसदीय दलको कार्यालयमा बस्ने छ ।

संसदमा सिर्जना भएको घटनाक्रमबारे थप छलफल गर्नका लागि कांग्रेसले आज बैठक बोलाएको थियो ।

कांग्रेसले सहकारी ठगीमा गृहमन्त्री रवि लामिछानेको संलग्नताबारे संसदीय छानबिन समिति गठन गर्नुपर्ने माग गर्दै आएको छ । यस विषयमा प्रधानमन्त्री सकारात्मक रहेको भन्दै कांग्रेसले थप भूमिका तय गर्न दुवै बैठक बोलाएको जनाएको छ ।

 


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved