एकीकृत समाजवादीको पोलिटब्युरो बैठक बस्दै

नेपालभ्युज

एकीकृत समाजवादीको पोलिटब्युरो बैठक बस्दै

काठमाडौं । सत्तारुढ दल नेकपा (एकीकृत समाजवादी)को पोलिटब्युरो समितिको बैठक आज बस्दै छ । बैठक बिहान ११ बजेबाट पार्टी केन्द्रीय कार्यालय आलोकनगरमा बस्नेछ ।

बैठकमा पार्टीको आशन्न राष्ट्रिय महाधिवेशनमा पेस हुने प्रतिवेदनसहितका मस्यौदामा छलफल हुने नेता आलोक रायमाझीले बताए । बैठकमा पार्टीको राजनीतिक, समाजवादी कार्यक्रम, सांगठनिक प्रतिवेदन, विधान संशोधन प्रतिवेदनको मस्यौदा प्रस्तुत गरिने उनले बताए ।

एकीकृत समाजवादीको राष्ट्रिय महाधिवेशन आगामी असार १६ देखि २० गतेसम्म काठमाडौंमा हुँदै छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved