खोप लगाउन छुटेका मुलुकभरका बालबालिकालाई आज खोप लगाइँदै

नेपालभ्युज

खोप लगाउन छुटेका मुलुकभरका बालबालिकालाई आज खोप लगाइँदै

काठमाडौं । सरकारले नियमित खोप लगाउन छुटेका बालबालिकालाई आज खोप दिने भएको छ । बृहत् खोज र खोप अभियानअन्तर्गत आज खोप दिन लागिएको स्वास्थ्य सेवा विभागको खोप शाखाले जनाएको छ ।

अभियानमा पाँच वर्षसम्मका बालबालिकालाई १५ महिनाभित्र लगाइसक्नुपर्नेमध्ये छुटेको भए सोही खोप दिन लागिएको हो ।

खोप देशभरका सबै सरकारी स्वास्थ्य संस्थाहरूबाट दिइनेछ । राष्ट्रिय खोप तालिकाअनुसार शिशु जन्मिएदेखि १५ महिना पूरा हुँदासम्म विभिन्न रोगविरुद्धको १८ मात्रा खोप पूरा गर्नु पर्छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved