अपांगता भएकाहरुले निकाले ह्विलचियर र्‍याली, १५ मिनेट चक्काजाम

नेपालभ्युज

अपांगता भएकाहरुले निकाले ह्विलचियर र्‍याली, १५ मिनेट चक्काजाम
फोटो लाइब्रेरी

काठमाडौं । अपांगता भएका व्यक्तिहरूले आज काठमाडौंमा दबाबमूलक र्‍याली  निकालेका छन् ।

सरकारले सामुदायिक सहायता तथा व्यक्तिगत सहयोगी सेवा यथाशीघ्र निःशुल्क उपलब्ध गराउनु पर्ने माग गर्दै उनीहरुले १५ मिनेट चक्काजाम समेत गरेका छन् ।

शान्ति वाटिकामा भेला भएका उनीहरूले ह्विलचेयरर्‍याली  मार्फत भद्रकालीमा पुगेर कोणसभा गरेका छन् ।

अनवरतको अनसन र धर्नापछि गत चैत १४ मा महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय र अनसनरत पक्षबीच माग पुरा गर्ने सहमति भएको थियो ।

सहमतिअनुसार सामुदायिक सहायता तथा व्यक्तिगत सहयोगी सेवा यही वैशाख १ देखि सुरु गर्ने भनिएको थियो । तर, अझैसम्म माग पुरा नभएको भन्दै उनीहरुले दबाबमुलक कार्यक्रम गरेका हुन् ।

 


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved