डा. केसीले सुरु गरे २२औं अनशन, प्रधानमन्त्री प्रचण्डको राजीनामा पहिलो माग

नेपालभ्युज

डा. केसीले सुरु गरे २२औं अनशन, प्रधानमन्त्री प्रचण्डको राजीनामा पहिलो माग

काठमाडौं । स्वास्थ्य क्षेत्रमा सुधारको माग राख्दै पटकपटक अनशन बसेका डा. गोविन्द केसीले आफ्नो २२औं अनशन सुरु गरेका छन् । शनिबारदेखि उनले विभिन्न तीन वटा माग राख्दै अनशन सुरु गरेका हुन् ।

पशुपतिको मृगस्थलीमा सुरु गर्नुअघि उनले अन्तिम अल्टिमेटमको अवधिमा पनि आफ्नो मागहरू सम्बोधन नभएको हुनाले २२औं सत्याग्रह सुरु गरेको घोषणा गरेका हुन् ।

उनले २२औं अनशन सुरु गर्नुअघि तीन वटा माग राखेका छन् । जसमा पहिलो माग प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको राजीनामा छ ।

‘सशस्त्र द्वन्द्वकालमा मानवता विरोधी घोर अपराध र युद्ध अपराधमा संलग्न प्रमुख नेताको हैसियतका कारण प्रचण्डको प्रधानमन्त्री पदबाट तुरुन्त राजीनामा,’ तीन मागमध्ये पहिलो बुँदामा भनिएको छ, ’निष्पक्ष रुपमा र पीडितहरुले न्याय अनुभूत गर्ने गरी संक्रमणकालीन न्यायको प्रक्रिया टुंगोमा पुग्ने सुनिश्चित गरियोस् ।’

त्यस्तै, सबै नेपालीलाई गुणस्तरीय साथै निशुल्क औषधि-उपचारको व्यवस्था गरियोस् भन्ने माग पनि उनले राखेका छन् ।

तेस्रो बुँदामा भनिएको छ, ‘जनताको नाममा हामीसँग भएका शिक्षा र स्वास्थ्य क्षेत्रमा सुधार र सबैको समान पहुँच सम्बन्धी-गेटामा तुरुन्त प्रतिष्ठान संचालन गर्ने, गण्डकी र मधेश प्रदेश साथै इलाम, उदयपुर र डडेल्धुरामा मेडिकल कलेज र प्रतिष्ठान तुरुन्त निर्माण गर्न, विश्वविद्यालय र स्वास्थ्य विज्ञान प्रतिष्ठानका पदाधिकारी नियुक्ति मापदण्ड सम्बन्धी उच्च शिक्षा ऐन र एकीकृत स्वास्थ्य शिक्षा प्रतिष्ठान सम्बन्धी ऐन तुरुन्त पारित गर्न लगायत सबै सम्झौताहरु कार्यान्वयन गर्न र कार्की आयोगले दोषी ठहऱ्याएका व्यक्तिहरूलाई कारबाही गर्न माग गरिन्छ ।’


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved