राष्ट्रिय सहमतिमा जति ढिला गर्‍यो देशको अस्तित्वमाथि प्रश्न चिन्ह खडा हुन्छ : सापकोटा

नेपालभ्युज

राष्ट्रिय सहमतिमा जति ढिला गर्‍यो देशको अस्तित्वमाथि प्रश्न चिन्ह खडा हुन्छ : सापकोटा

काठमाडौं । नेकपा (माओवादी केन्द्र)का प्रवक्ता अग्नि सापकोटाले देशको अस्तित्व जोगाउन तत्काल राष्ट्रिय सहमति गरेर अघि बढ्नुपर्ने बताएका छन् ।

अहिलेको संसद्ले जनतालाई आशावादी बनाउन नसकेको र अराजकताको अवस्थामा देश पुगेकाले साझा राष्ट्रिय दृष्टिकोण बनाउनुपर्ने उनले उल्लेख गरे ।

प्रेस सेन्टर नेपाल धादिङले शनिबार धादिङबेंसीमा आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा प्रवक्ता सापकोटाले संसद्लाई सहमतिपूर्वक सञ्चालन गरेर संसद्लाई जिवन्त, गतिशील र जनमुखी बनाउनुपर्नेमा जोड दिए ।

“राष्ट्रिय सहमतिमा जति ढिला गर्यो देशको अस्तित्वमाथि प्रश्न चिन्ह खडा हुन्छ । सहमति, सहकार्य र समन्वय गर्दै अघि बढ्नुपर्छ”, उनले भने ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved