घरमा तुलसीको धेरै बिरूवा लगाउँदा के हुन्छ ?

नेपालभ्युज

घरमा तुलसीको धेरै बिरूवा लगाउँदा के हुन्छ ?

एजेन्सी । हिन्दु धर्ममा तुलसीको बिरूवालाई एकदमै महत्व दिइएको छ । त्यसरी नै आयुर्वेदमा पनि यसको महत्व धेरै नै भएको पाइन्छ । यसलाई घरमा लगाउँदा शुभ फल पाइने मान्यता छ ।

वास्तुशास्त्रअनुसार यसलाई सुख–समृद्धि र वैभव लिएर आउने बिरूवा मानिन्छ । कतिपयले घरमा धेरै नै तुलसीका बिरूवा लगाएका हुन्छन् । धेरै नै तुलसीको बिरूवा लगाउनु सही हुन्छ वा हुँदैन त्यसबारेमा आज जानौं :

वास्तुअनुसार तुलसीको बिरूवा घरको सही दिशामा राख्नु पर्दछ । यसका लागि पूर्व वा उत्तर पूर्व दिशा सही रहन्छ । यो दिशामा तुलसी राख्दा लाभ पाउन सकिन्छ ।

मान्यताअनुसार एक भन्दा धेरै तुलसीको बिरूवा घरमा लगाउन सकिन्छ । यसले कुनै पनि हानी वा दुष्प्रभाव पार्दैन । किनकी तुलसीको बोट अक्सिजन दिनका लागि पनि राम्रो मानिन्छ । त्यसैले धेरै तुलसीको बोट हुँदा घरमा फाइदा नै हुन्छ ।

घरमा यदि धेरै तुलसीको बिरूवा लगाउनुभएको छ भने यो कुराको ध्यान दिनुहोस् कि त्यो नसुकोस् । किनकी एउटा तुलसीको बिरूवा सुकेमा वरिपरिको सबै बिरूवा सुक्न थाल्छन् ।

घरमा धेरै तुलसीको बिरूवा लगाउँदा यसबाट धेरै फाइदा पनि लिन सकिन्छ । तुलसीलाई तपाईं दैनिक चियाको रूपमा प्रयोग गर्न सक्नुहुन्छ । तुलसी चिया स्वास्थ्यका लागि एकदमै फाइदाजनक हुन्छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved