काठमाडौं । झापा- २ मा सम्पन्न उपनिर्वाचनबाट विजयी भएर बुधबार शपथ ग्रहण गरेका प्रतिनिधि सभाका सांसद सुहाङ नेम्वाङले सौहार्दपूर्ण वातावरण बनाएर संसद्लाई चल्न दिनुपर्ने बताएका छन्।
आगामी अधिवेशनमा पनि संसद् अवरोध हुनसक्ने सम्भावनाबारे पत्रकारले सोधेको प्रश्नको जवाफ दिँदै उनले भने, ‘हरेक कुराको हल भनेको संवादबाटै हुन्छ। त्यसैले संवादमा आएर सौहार्दपूर्ण वातावरण बनाएर संसद्लाई राम्रोसँग चल्न दिनुपर्छ भन्ने मलाई लाग्छ। त्यसरी नै हाम्रा अग्रजहरू, अभिभावकहरू अगाडि बढ्नुहुन्छ भन्ने मलाई विश्वास छ।’
नेम्वाङले सांसदको रुपमा इलामका समस्यालाई समाधान गर्नका लागि आफूले उठाउनुपर्ने कुरामा विशेष ध्यान दिने बताए।
त्यस्तै, इलामका विकासका आधारहरू कृषि, शिक्षा, स्वास्थ्य, पर्यटन जस्ता विषयका सन्दर्भमा नीति, नियम गर्नुपर्ने वा परिमार्जन गर्नुपर्ने भए त्यसलाई समाएर हिँड्ने बताए ।
Facebook Comment
Comment