काठमाडौं । पछिल्ला दिनहरुमा देशका विभिन्न स्थानमा डेढेलो लागिरहेको छ ।
नेपालमा अहिले ४७ जिल्लाका ३५० ठाउँमा डढेलो लागिरहेको राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले जनाएको छ । आगो निभाउनको लागि आवश्यक कदम नचालेको भन्दै सरकारको आलोचना भइरहेको छ ।
यसैबीच सिन्धुपाल्चोकको हेलम्बु गाउँपालिकाले वनमा आगो लगाउने व्यक्तिबारे प्रमाणसहित जानकारी दिने व्यक्तिलाई ५० हजार पुरस्कार दिने घोषणा गरेको छ।
सूचनादाताको नाम गोप्य राखिने गाउँपालिकाले जनाएको छ ।
‘आम हेलम्बुबासीलगायत सम्बद्ध सबैमा वन क्षेत्रमा डढेलो लगाउनेजस्ता कुनै पनि कार्य नगर्नु हुन आग्रह गर्दै अन्यथा वन ऐन २०७६ को दफा ५० को उपदफा (४) लगायतका प्रचलित नियमानुसार कानुनी कारबाही गरिने विषय समेत सबैलाई सूचित गरिन्छ। साथै त्यस्ता क्रियाकलाप गर्ने व्यक्तिको बारे सप्रमाण जानकारी यस कार्यालयमा दिएमा सूचनादाताको नाम गोप्य राखी निजलाई रु ५००००।– नगद पुरस्कार दिइने व्यहोरासमेत जानकारी गराइन्छ।’ विज्ञप्तीमा भनिएको छ ।
Facebook Comment
Comment