वातावरण प्रदूषण न्यूनीकरणमा ग्लोबल आइएमईको नयाँ कदम, प्लास्टिकको खपत कम गर्ने अभियान

नेपालभ्युज

वातावरण प्रदूषण न्यूनीकरणमा ग्लोबल आइएमईको नयाँ कदम, प्लास्टिकको खपत कम गर्ने अभियान

काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेडले ‘प्ल्यानेट भर्सेस प्लास्टिक’ (प्लास्टिक विरुद्ध पृथ्वी) अभियान चलाएको छ । बैंकले वातावरण प्रदूषणलाई नियन्त्रण गर्ने उद्देश्यले प्लास्टिक खपत कम गर्ने अभियान चलाएको हो ।

यसै सन्दर्भमा बैंकले आगामी ३ वर्षमा प्लास्टिकको खपत न्यूनीकरण गर्ने प्रतिबद्धता समेत जनाएको छ । यो वातावरणमैत्री पहल बैंकको कर्पोरेट कार्यालयबाट प्रारम्भ भइ सबै प्रादेशिक कार्यालयहरूमार्फत मुलुकभरका सम्पूर्ण शाखा कार्यलयहरुमा बिस्तार हुनेछ ।

बैंकले आफ्नो स्थापनाकाल देखि नै प्लास्टिक खपत न्यूनीकरण गर्ने र प्लास्टिक प्रदूषण विरुद्ध सचेतना फैलाउने विभिन्न क्रियाकलापहरू गर्दै आएको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

लोकप्रिय (यो साता)

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved