सुनको मूल्य घट्दा चाँदी स्थिर

नेपालभ्युज

सुनको मूल्य घट्दा चाँदी स्थिर

काठमाडौं । नेपाली बजारमा शुक्रबार सुनको मूल्यमा गिरावट आएको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन तोलामा १ हजार १ सय रूपैयाँले घटेर १ लाख ३५ हजार ४ सय रूपैयाँमा कारोबार भइरहेको छ ।

तेजाबी सुनको मूल्य तोलाको १ लाख ३४ हजार ७ सय ५० रूपैयाँ कायम भएको छ ।

यस्तै, शुक्रबार चाँदीको मूल्य भने स्थिर रहेर तोलाको १ हजार ६ सय ४५ रूपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved