भेलुबाजेको शंकास्पद मृत्यु, टिकटकमा सँगै लाइभ बस्ने युवतीले कुटेको आरोप !

नेपालभ्युज

भेलुबाजेको शंकास्पद मृत्यु, टिकटकमा सँगै लाइभ बस्ने युवतीले कुटेको आरोप !

काठमाडौं । सामाजिक सञ्जाल र युट्युबमा भेलुबाजेका नामले भाइरल प्युठानका मीनबहादुर बुढाको निधनको कारण कुटपिट भएको खुलासा भएको छ । बिहीबार प्युठान जिल्ला अस्पतालमा उपचारको क्रममा मृत्यु भएको उनको बुटवल लगेर पोस्टमार्टम गरिँदै छ ।

मृत्युको कारण पोस्टमार्टम रिर्पाेटमा आउनसक्ने ठानिए पनि चार दिनअघि भेलुबाजेमाथी आक्रमण भएको उनका ज्वाइँ हिमाल पुन मगरले बताएका छन् ।

गीता केसी नाम गरेकी भेलुबाजेकी छिमेकी टिकटक लाइभमा बस्थिन् । उनले आफ्नो लाइभमा भेलुबाजेलाई देखाउँथिन् । उनीसँग कुरा गर्थिन् । गत सोमबार भनाभन हुँदा गीताले भेलुबाजेलाई निर्घात कुटपिट गरेको हिमालले आरोप लगाएका छन् ।

‘‘मर्नुअघि उहाँले भन्नुभएको थियो, मलाई गीताले कुटेकी हो भनेर । उहाँ त्यही दिनदेखि बिरामी हुनुभयो । केही खान सक्नुभएको थिएन । घटनाको समयमा उहाँको कमिज पनि च्यातिएर दुई टुक्रा भएको थियो । शरीरमा नीलडाम पनि थियो । टिसर्ट पनि च्यातिएको थियो भन्नुभयो’’ हिमालले भने ।

‘भेलुबाजे’को नियति स् लाखौं कमाएर युट्यूबर लाखापाखा, रोगले थलिँदा छैन सुका

गीताविरुद्ध हिमालले जिल्ला प्रहरी कार्यालय प्युठानमा उजुरी दिएका छन् । प्रहरीले भने पोस्टमार्टम रिर्पाेटका आधारमा अनुसन्धान अघि बढाउने बताएको हिमालले बताए ।

केही महिना अगाडि पनि भेलुबाजे बिरामी भएका थिए । अत्यधिक मादकपदार्थ सेवनको कारण बिरामी परेका उनलाई काठमाडौंमा उपचार गरेर गाउँ फर्काइएको थियो ।

उपचारपछि स्वास्थ्यमा सुधार देखिएको थियो । चार दिनयता खाना खाएका थिएनन् । बिहीबार सास फेर्न समेत सकस भएपछि उनलाई जिल्ला अस्पतालमा भर्ना गरिएको थियो ।

भेलु बाजेलाई आफन्तले बिहीबार बिहान ११ अस्पताल पुर्‍याएका थिए । दिउँसो निधन भएको हो । उनकी श्रीमतीको पनि गत भदौमा निधन भएको थियो ।

सम्बन्धित समाचार

प्यूठानका मिन बहादुर बुढामगर (भेलुबाजे)को निधन

कलाभन्दा चर्तिकलाको व्यापारस् महोत्सवमा पनि भेल्लुबाजेहरूको जगजगी, राष्ट्रिय कलाकार ट्वाँ

भेल्लुबाजेलाई पक्राउ गरी कारबाही गर्न माग गर्दै सीडीओलाई ज्ञापनपत्र


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved