इलाम । इलाम–२ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार बनेका मिलन लिम्बुले जमानत जोगाउन समेत असफल भएपछि ट्रोल बनिरहेका छन् ।
चुनावअघि बोलेको विषयलाई लिएर सामाजिक सञ्जालमा व्यङ्ग्य गरिँदै छ ।
लिम्बुलाई निर्वाचन अगाडि पत्रकारले ‘चुनाव जित्नु भयो भने त सांसद बन्नु हुन्छ, हार्नु भयो भने के गर्नु हुन्छ ?’ भनेर प्रश्न गरेका थिए ।
यसको जवाफमा लिम्बुले ‘सांसद भए सदनमा जनताको आवाज उठाउने छु । नभए साग बेचेरै भए पनि जनताको सेवा गर्छु’ भन्ने जवाफ दिएका थिए ।
अहिले उनले ज्यादै थोरै मत ल्याए । हारेपछि उनले सडकमा बसेर साग बेच्न लागेको कार्टुन समेत आइरहेको छ ।
इलाममा रास्वपाप्रति मतदाता आकर्षित नहुनुका पाँच कारण
लिम्बुलाई मजाक उडाउन थालेपछि उनले साँच्चै नै साग पसल खोल्न लागेको जवाफ दिएका छन् ।
‘‘हामी इलामेली युवा मिलेर छिट्टै नै साग पसल अर्थात् कृषिजन्य उत्पादनको बजारीकरणका लागि काम गर्दै छौँ । यसका आधारभूत कामहरू सुरु भइसकेका छन् । किसानबाट सङ्कलन गर्न सकिने कृषिजन्य उत्पादनको सूची तयार भएको छ । यसका सम्भावित बजारबारे अध्ययन भएको छ । हामी छिट्टै नै उत्पादन, सङ्कलन र बजारीकरणको अवस्थामा पुग्ने छौँ । छिट्टै नै हाम्रो साग पसल देख्न पाउनुहुने छ,’’ उनले भनेका छन् ।
उपचुनावमा जमानत जोगाउन नसकेको रास्वपाले गम्भीर समीक्षा गर्ने, बोलायो केन्द्रीय समिति बैठक
Facebook Comment
Comment