काठमाडौं । नक्कली सवारी चालक अनुमति पत्र (लाइसेन्स) प्रकरणमा केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले तीन जनालाई पक्राउ गरेको छ ।
यातायात कार्यालय बुटवलमा कार्यरत शाखा अधिकृत नारायण पाण्डे र अरू दुई जनालाई सीआईबीले पक्राउ गरेको हो ।
गत शुक्रबार हाल अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा कार्यरत आइटी इन्जिनियर सुरजप्रकाश अर्याल र यातायात कार्यालय बुटवलमै करार इन्जिनियरको रुपमा कार्यरत हरिश भट्ट पक्राउ गरेका थिए ।
सोमबार पक्राउ गरेका पाण्डेलाई भने मंगलबार अदालतमा उपस्थित गराउने प्रहरीले बताएको छ ।
यो समूहले ट्राफिक प्रहरीको कारबाहीबाट यातायात कार्यालय ल्याइएका लाइसेन्सहरूको कीर्ते गरी सोही नम्बरमा अर्को लाइसेन्स जारी गर्दै बिक्री गरेको पाइएको सीआइबीले जनाएको छ ।
उनीहरुविरुद्ध सरकारी लिखत कीर्तेको कसुरमा सीआईबीले अनुसन्धान अघि बढाएको छ ।
Facebook Comment
Comment