काठमाडौं । प्यालेस्टेनी लडाकु हमास समूहले बन्धक बनाएका दुई व्यक्तिको भिडिओ सार्वजनिक गरेको छ ।
गत वर्षको ७ अक्टोबरमा इजरायलमा आक्रमण गरी हमासले बन्धक बनाएकामध्ये अर्का एक जनाको भिडियो सार्वजनिक गरेको हो ।
युद्धको क्रममा मारिएका भनिएका बन्धककोे भिडिओ सार्वजनिक भएकोे छ ।
हमासको नियन्त्रणमा रहेका इजरायली नागरिक ओमरी मिरानले आफू २ सय २ दिनदेखि हमासको नियन्त्रणमा रहेको भिडिओमा बताएका छन् । हमासले मिरानसँगै अर्का बन्धक कीथ सिगलको पनि भिडिओ सार्वजनिक गरेको छ ।
उनीहरुको भिडिओ सार्वजनिक भएसँगै परिवारका सदस्यले हमाससँग सम्झौता गरेर बन्धकको रिहाई गर्न सरकारसँग अपिल गरेका छन् । हमासले पछिल्लो समय युद्धविरामका लागि चासो देखाइरहेको छ ।
हमासले २ सय ५० भन्दा बढीलाई अपहरण गरेको थियो । जवाफमा इजरायलले जारी राखेको आक्रमणमा गाजामा ३४ हजार बढीको मृत्यु भइसकेको छ ।

Facebook Comment
Comment