काठमाडौं । कक्षा १२ को परीक्षा आजदेखि एकैसाथ देशभर सुरु हुँदैछ ।
परीक्षा बिहान ८ बजेदेखि ११ बजेसम्म हुनेछ । वैशाख २६ गते सम्पन्न हुने परीक्षामा तीन लाख ९० हजार ८ सय ४७ परीक्षार्थी सहभागी हुँदैछन् । देशभरका ५ हजार ५ सय ४२ विद्यालयका विद्यार्थी कक्षा १२ को परीक्षामा सहभागी हुनेछन् ।
राष्ट्रिय परीक्षा बोर्डका अध्यक्ष डा महाश्रम शर्माले देशभर एक हजार पाँच सय २५ परीक्षा केन्द्र र देशबाहिर जापानमा एउटा गरी एक हजार पाँच सय २६ परीक्षा केन्द्रमा निर्धारण गरेको जानकारी दिए ।
सबैभन्दा बढी काठमाडौँमा एक सय ४४ केन्द्र छन् भने मनाङ÷मुस्ताङमा एक/ एक वटा परीक्षा केन्द्र तोकिएको छ ।
परीक्षा सञ्चालनका लागि केन्द्राध्यक्ष, सहायक केन्द्राध्यक्ष, निरीक्षक, कर्मचारी, कार्यालय सहयोगी गरी ३४ हजार एक सय ७१ जनशक्ति र १८ हजार तीन सय प्रहरी परिचालन हुने भएका छन् ।
Facebook Comment
Comment