वेस्ट इन्डिज ‘ए’ विरुद्धको टी-२० सिरिजका लागि नेपाली टोलीको घोषणा

नेपालभ्युज

वेस्ट इन्डिज ‘ए’ विरुद्धको टी-२० सिरिजका लागि नेपाली टोलीको घोषणा

काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान)ले वेस्ट इन्डिज ‘ए’विरूद्ध टी-२० सिरिज खेल्ने टोलीको घोषणा गरेको छ।

रोहित पौडेलको कप्तानीमा रहेको क्यानले नेपालले १६ सदस्यीय टोली घोषणा गरेको हो । युवा बलर आकाश चन्द टोलीमा समावेश भएका छन् ।

नेपालले विश्वकप तयारीका लागि वेस्ट इन्डिज ‘ए’सँग घरेलु मैदानमा खेल्दै छ। वेस्ट इन्डिज ‘ए’ पहिलो पटक नेपाल आएको हो।

वेष्ट इण्डिज ‘ए’ र नेपालबीचको पहिलो खेल टीयु क्रिकेट मैदानमा वैशाख १५ गते हुनेछ । वैशाख १६ मा दोस्रो, १९ गते तेस्रो, २० गते चौथो र २२ गते अन्तिम खेल हुनेछ ।

नेपाली टोली-

रोहित कुमार पौडेल (कप्तान), आसिफ शेख, कुशल भुर्तेल, अनिल शाह, आरिफ शेख, सन्दीप जोरा, दीपेन्द्र सिंह ऐरी, कुशल मल्ल, गुल्शन झा, ललित राजवंशी, करण केसी, सोमपाल कामी, प्रतिश जिसी, अभिनाश बोहरा, विवेक यादव, आकाश चन्द ।

वेस्ट इन्डिज ‘ए’ टोली-

रोस्टन चेस (कप्तान), एलिक एथानाजे (उपकप्तान), फबिएन एलेन, कदिम एलियन, जोसुवा विसोप, केसी कार्टी, जोनसन चार्ल्स, मार्क दयाल, आन्द्रे फ्लेचर, म्याथ्यु फर्ड, ओबेद म्याककोय, गुडाकेश मोती, किमो पल, ओसान थोमस र हायडेन वाल्स ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved