कोशी सहितका प्रदेशमा आंशिक बदली, तराईका केही स्थानमा दिउँसो हावाहुरी चल्ने

नेपालभ्युज

कोशी सहितका प्रदेशमा आंशिक बदली, तराईका केही स्थानमा दिउँसो हावाहुरी चल्ने

काठमाडौं । कोशी, मधेश र बागमती प्रदेशमा आंशिक बदली छ भने बाँकी भू–भागको मौसम मुख्यतया सफा रहेको छ ।

आज दिउँसो गण्डकी, कर्णाली र सुदुरपश्चिम प्रदेशका पहाडी भू–भागमा आंशिक देखि साधारणतया बदली रहि कोशी, मधेश र बागमती प्रदेशमा आंशिक बदली रहि बाँकी भू–भागमा मौसम मुख्यतया सफा रहने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

गण्डकी, कर्णाली र सुदुरपश्चिम प्रदेशका पहाडी भू–भागका केही स्थानमा तथा कोशी र बागमती प्रदेशको पहाडी भू–भागका एक–दुई स्थानमा मेघगर्जन/चट्याङ्ग सहित हल्का वर्षाको सम्भावना छ ।

कोशी, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशको उच्च पहाडी तथा हिमाली भू–भागका एक–दुई स्थानमा हल्का हिमपातको सम्भावना छ । मधेस प्रदेशको तराई भू–भागका केहि स्थानहरुमा साथै कोशी र लुम्बिनी प्रदेशको तराई भू–भागका थोरै स्थानमा आज पनि हावाहुरी चल्ने महाशाखाको अनुमान छ ।

आज राती कोशी, गण्डकी र कर्णाली प्रदेशका पहाडी भू–भागमा आंशिक देखि साधारणतया बदली रही बाँकी भू–भागमा आंशिक बदली देखि मौसम मुख्यतया सफा रहने छ ।

कोशी, गण्डकी र कर्णाली प्रदेशका पहाडी भू–भागका एक–दुई स्थानमा मेघगर्जन÷चट्याङ्ग सहित हल्का वर्षाको सम्भावना छ ।

काठमाडौं उपत्यकाको न्यूनतम तापक्रम १४ दशमलव ७ डिग्री सेल्सियस मापन गरिएको छ भने अधिकतम तापक्रम ३३ दशमलव ५ डिग्रीसम्म पुग्ने अनुमान गरिएको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved