काठमाडौं । इन्डियन प्रिमियर लिग (आइपीएल)मा सनराईजर्स हैदरावादले दिल्ली क्यापिटल्स माथि शानदार जित निकालेको छ । विष्फोटक ब्याटिङ गरेको हैदरावादले दिल्लीलाई उसैको मैदानमा ६७ रनले पराजित गरेको हो ।
टस हारेर पहिला ब्याटिङको निम्तो पाएको हैदरावादले २० ओभरमा ७ विकेट गुमाउँदै २ सय ६६ रनको विशाल योगफल बनायो । दिल्लीका लागि कुलदीप यादवले ४ विकेट लिएका थिए । यस्तै मुकेश कुमार र अक्षर पटेलले समान १ विकेट लिएका थिए ।
जवाफी ब्याटिङ गरेको दिल्लीले १९ दशमलव १ ओभरमा अलआउट हुदै १ सय ९९ रन मात्र जोड्न सक्यो ।
कप्तान ऋषभ पन्तले ४४ रन बनाए । यो जितसँगै हैदराबाद दोस्रो स्थानमा उक्लिएको छ । दिल्ली सातौं स्थानमा छ ।
७ खेलमा ५ खेल जितेको हैदरावादको १० अंक भएको छ । आईपिएलमा आज २ वटा खेल हुँदैछन् ।
दिउँसो पौने ४ बजे कोलकता नाइट राइडर्स र रोयल च्यालेन्जर्स बैंङ्लोर भिड्नेछन् ।
अर्को खेल बेलुका पौने ८ बजे पञ्जाब किङ्स र गुजरात टाईटन्सबिच हुनेछ ।
Facebook Comment
Comment