मधेसमा लोसपाका मन्त्री कुर्मीले दिए राजीनामा

नेपालभ्युज

मधेसमा लोसपाका मन्त्री कुर्मीले दिए राजीनामा

जनकपुर । मधेस प्रदेशका वनमन्त्री रमेशप्रसाद कुर्मीले राजीनामा दिएका छन् । कुर्मीले मंगलबार दिउँसो मुख्यमन्त्री सरोजकुमार यादवलाई राजीनामा बुझाएका हुन् ।

कुर्मी लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)बाट वनमन्त्री बनेका थिए । कुर्मीको राजीनामासँगै लोसपाले मुख्यमन्त्री यादवलाई दिएको समर्थन फिर्ता लिने तयारी गरेको छ ।

मुख्यमन्त्री यादवले आज विश्वासको मत लिन लिने कार्यक्रम रहे पनि जनमतको अवरोधका कारण प्रदेशसभा बैठक स्थगित भएको छ। १० मिनेटका लागि बैठक स्थगित गरिए पनि हालसम्म बैठक सुचारु हुन सकेको छैन।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved