सेतो मत्स्येन्द्रनाथको रथ निर्माण अन्तिम चरणमा (तस्वीरहरु)

सेतो मत्स्येन्द्रनाथको रथ निर्माण अन्तिम चरणमा (तस्वीरहरु)

काठमाडौँ। आर्यावलोकितेश्वर अर्थात् सेतो मत्स्येन्द्रनाथको रथयात्राको लागि काठमाडौँको तिनधारा पाठशालामा रथ निर्माणको काम अन्तिम चरणमा पुगेको छ। काठमाडौँमा पाँच दिनसम्म मनाइने सेतो मत्स्येन्द्रनाथको रथयात्रा चैत्र शुल्क अष्टमीबाट सुरु गरी चैत्र शुल्क द्वादशी सम्म मनाइन्छ।

मत्स्येन्द्रनाथ अर्थात् लोकेश्वरलाई चार वटा नाममा पुजिँदै आइएको छ। जसमध्ये रक्तावलोकितेश्वर पाटन/बुंगमती मा, आनन्दादी लोकेश्वर चोभारमा यसै गरी श्रृष्टिकान्ता लोकेश्वर नाला(बनेपा) मा र आर्यावलोकितेश्वर काठमाडौँमा रहेका छन्। चार वटा मत्स्येन्द्रनाथ मध्ये आर्यावलोकितेश्वर अर्थात् सेतो मत्स्येन्द्रनाथ चौथो लोकेश्वरमा पर्दछन्। आर्यावलोकितेश्वर (सेतो मत्स्येन्द्रनाथ) लाई आयु साधना वा आयु वृद्धिको लागि साधना गर्ने गरिन्छ।

रथयात्राको पहिलो दिन मूर्तिलाई मच्छिन्द्र बहालदेखि तीन धारा पाठशालासम्म खतमा राखेर त्यहाँ अवस्थित रथमा विधिपूर्वक विराजमान गराइसकेपछि औपचारिक रूपमा रथयात्रा सुरु हुन्छ। यो रथयात्रा पाँच दिन सम्म चल्नेछ।

तस्वीरहरु:-

 

 


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved