कति कमाउँछिन् कंगना रनौत ? एक फिल्मबाट कति लिन्छिन् ?

नेपालभ्युज

कति कमाउँछिन् कंगना रनौत ? एक फिल्मबाट कति लिन्छिन् ?

एजेन्सी । अभिनेत्री कंगना रनौतले राजनीतिक दुनियाँमा पनि कदम राखिसकेकी छन् । उनी लोकसभा चुनावमा भाजपाको टिकटबाट चुनाव लड्दै पनि छन् ।

राजनीतिमा पाइला चालेकी कंगनाले एउटा फिल्मबाट कति कमाई गर्छिन् त ? यो जिज्ञासा तपाईंलाई पनि होला । सन् २००६ मा अनुराग बसुको फिल्म ग्यांगस्टरबाट उनी बलिउड प्रवेश गरेकी थिइन् ।

उनकी आमा एउटा स्कूलकी शिक्षिका हुन् र उनका बुवा भने व्यापारी हुन् । कंगनाका बुवाआमाले उनलाई डाक्टर बनाउन चाहन्थे । उनी भारतको चन्डीगढमा पढिरहेकी थिइन् । तर, उनको कम उमेरमै फिल्ममा लगाव सुरु भयो ।

अहिले उनी बलिउडमा स्थापित भइसकेकी छन् । अहिले उनको नेटवर्थ करीब ९५ करोड रुपैयाँको छ । उनले हरेक फिल्ममा १५ देखि २५ करोड रुपैयाँ पारिश्रमिक लिने गर्छिन् ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved