म र टिमको गल्तीले दुर्घटना भयो : विशाल भण्डारी

नेपालभ्युज

म र टिमको गल्तीले दुर्घटना भयो : विशाल भण्डारी

काठमाडौं । ‘कमेडी च्याम्पियन सिजन ३’को नयाँ भाग आजबाट प्रसारण हुने भएको छ ।

च्याम्पियनका निर्देशक विशाल भण्डारीसहितका कलाकार सवार कार दुर्घटनापछि रोकिएको प्रसारण आजदेखि प्रसारण हुन लागेको हो । भण्डारीले सामाजिक सञ्जालमार्फत् यो जानकारी दिएका हुन् ।

दुर्घटनाले आफूलाई धेरै कुरो सिकाएको बताउँदै भण्डारीले आगामी दिन झन् सजकताका साथ अगाडि बढ्ने बताएका छन् ।

उनले आफ्नो र टिमको गल्तीले कारण दुर्घटना परेको बताए ।

कमेडियन सुशान्त बश्याल भेन्टिलेटरमा, विशाल भण्डारी हिरासतमा, कारबाही गर्न परिवारको माग

जीवन एक भोगाई हो । मानवीय गुण नै हो नतिजा कहिले सही र कहिले गलत भइदिन्छ । सबै सिकाई र भोगाइको क्रम हो, दुई साता अगाडि म र मेरो टिमले गरेको गल्तीले म लगायत टिमका साथीहरू दुर्घटनामा पर्‍यौ । ‘कमेडी च्याम्पियन सिजन ३’को प्रसारण रोकिएको थियो । आजबाट प्रसारणलाई निरन्तरता दिँदै छौ ।’ भण्डारीले भने ।

चैत ९ गते ‘कमेडी च्याम्पियन’को टिम चढेको कार दुर्घटना भएको थियो । मूलपानीस्थित कमेडी च्याम्पियनको अफिसबाट धुलिखेल जाँदै गर्दा भक्तपुरमा दुर्घटनामा परेको हो ।

कारमा पूजन अधिकारी, सुशान्त बस्याल, रजनीश अर्याल, प्रकृति गिरी र पवन भट्टराई रहेका थिए ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved