एमाले र माओवादी सांसदको समावेदनपछि कोशी प्रदेश सभाको विशेष अधिवेशन आह्वान

नेपालभ्युज

एमाले र माओवादी सांसदको समावेदनपछि कोशी प्रदेश सभाको विशेष अधिवेशन आह्वान

काठमाडौं । कोशी प्रदेश सभाको विशेष अधिवेशन आह्वान गरिएको छ ।

प्रदेश प्रमुख परशुराम खापुङ्गले बैशाख ६ गतेका लागि प्रदेश सभाको विशेष अधिवेशन आह्वान गरेका हुन्।

नेकपा एमाले र माओवादी केन्द्रका प्रदेश सदस्यहरूले अधिवेशन आह्वानको माग गर्दै गत सोमबार समावेदन गरेका थिए।

प्रदेश सभाको एक चौथाइभन्दा बढी सदस्यले विशेष अधिवेशन माग गर्दै समावेदन गर्न पाउने कानुनी व्यवस्था छ ।

सोहीअनुसार प्रदेश प्रमुख खापुङ्गले वैशाख ६ गते दिउँसो १ बजेका लागि विशेष अधिवेशन आह्वान गरेका हुन्।

यसअघि मुख्यमन्त्री केदार कार्कीले आगामी जेठ ११ गते प्रदेश सभा अधिवेशन बोलाउन सिफारिस गरेका थिए।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved