गौतमबुद्ध विमानस्थल पूर्ण क्षमतामा चलाउन पहल गर्छु : सभापति देउवा

नेपालभ्युज

गौतमबुद्ध विमानस्थल पूर्ण क्षमतामा चलाउन पहल गर्छु : सभापति देउवा

काठमाडौं । नेपाली कांग्रेसका सभापति एवं पूर्व प्रधानमन्त्री शेरबहादुर देउवाले भैरहवाको अन्तर्राष्ट्रिय विमानस्थल पूर्ण क्षमतामा चलाउनका लागि पहल गर्ने बताएका छन् ।

पार्टीले रुपन्देहीमा आज आयोजना गरेको कार्यक्रममा सभापति देउवाले विमानस्थललाई पूर्णरुपमा संचालनका लागि आफ्नो तर्फबाट र पार्टीको तर्फबाट पहल गर्ने प्रतिवद्धता व्यक्त गरेका हुन् ।

प्रधानमन्त्री भएका बेला देउवाले नै गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको उद्घाटन गरेका थिए । सञ्चालन भएको लामो समय भए पनि विमानस्थल अहिलेसम्म पूर्णरूपमा संचालन हुनसकेको छैन ।

विमानस्थल निर्माणका लागि सरकारले करिब ३१ अर्ब लगानी गरेको छ ।

निजी क्षेत्रले विमानस्थललाई देखेर अन्य क्षेत्रमा लगानी गरेपनि विमानस्थल संचालन नहुँदा व्यवसायी समेत निराश भएका छन् ।

फरक प्रसंगमा देउवाले पार्टीलाई एक ढिक्का बनाएर लैजाने र जनताका बीचमा जाने बताए ।

रूपन्देहीका विभिन्न कार्यक्रममा सहभागी भएर सभापति देउवा आजै साँझ काठमाडौं फर्कने छन् ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved