लिङ्देनको टिप्पणी- सिंहदरबार भ्रष्टाचारको अखडा बनाइयो

नेपालभ्युज

लिङ्देनको टिप्पणी- सिंहदरबार भ्रष्टाचारको अखडा बनाइयो
राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देन/ फाइल तस्वीर

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङ्देनले सिंहदरबार भ्रष्टाचारको अखडा बनाइएको टिप्पणी गरेका छन् ।

मङ्गलबार काठमाडौंको भद्रकालीमा राप्रपाले आयोजना गरेको जनप्रदर्शनपछिको कोण सभालाई सम्बोधन गर्ने क्रममा उनले यस्तो टिप्पणी गरेका हुन् । “सिंहदरबार भ्रष्टाचारको अखडा बनाइएको छ । तर, सधैँभरि यसो हुन दिन्नौँ,” उनले भने ।

लिङ्देन (Rajendra lingden) ले आफूले एकरुपे पनि भ्रष्टाचार नगरेको दाबीसमेत गरे । “मैले एकरुपे पनि भ्रष्टाचार गरेको छैन भनेर संसारको जुनसुकै मन्दिरमा पनि छिर्न सक्छु,” उनले भने, “भ्रष्टाचार र भ्रष्टाचारीविरुद्ध निर्मम भएर उत्रिन्छौँ ।”

यस्तै उनले गृहमन्त्री रवि लामिछानेले आफूहरूको शान्तिपूर्ण प्रदर्शनमा अनावश्यक शक्ति प्रयोग गरेको बताए ।

उनले भने, “गृहमन्त्रीज्यू, भ्रममा नपर्नुहोला । राजनीतिमा तपाईंभन्दा निकै पहिलेबाट हामी छौँ । देशमा शासन-व्यवस्थाका कडीहरू तपाईंभन्दा हामी बढी थाहा पाउँछौँ । आफैँ मात्रै इमान्दार, आफैँ मात्रै लोकप्रिय, आफैँमात्रै नेता; यस्तो भ्रम नपाल्नुस् ।”


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved