राप्रपाका कार्यकर्ताले निषेधित क्षेत्र तोड्न खोजेपछि…(तस्वीरहरू)

नेपालभ्युज

राप्रपाका कार्यकर्ताले निषेधित क्षेत्र तोड्न खोजेपछि…(तस्वीरहरू)

काठमाडौं । काठमाडौंको भद्रकालीमा झडप भएको छ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले गरेको जनप्रदर्शनमा प्रहरीले पानीको फोहोरा र अश्रुग्यास हानेको छ ।

निषेधित क्षेत्र तोड्न खोजेपछि प्रहरी र प्रदर्शनमा सहभागी राप्रपा समर्थितहरूबीच झडप भएको थियो । त्यहीक्रममा प्रहरीले पानीको फोहोरा र अश्रुग्यास हानेको हो ।

प्रदर्शनकारीले ढुङ्गामुढासमेत गरेका थिए । त्यसक्रममा केही घाइते भएका छन् ।

गत फागुन ९ गते राप्रपाले सरकारसँग ४० बुँदे माग राखेको थियो । उक्त मागबारे सरकार उदासीन देखिएको भन्दै राप्रपाले जनप्रदर्शन गरेको हो ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved