एसईई आज सकिँदै, ३७ हजार विद्यार्थी परीक्षामा सहभागी भएनन्

नेपालभ्युज

एसईई आज सकिँदै, ३७ हजार विद्यार्थी परीक्षामा सहभागी भएनन्
फाइल फोटो

काठमाडौं । यस वर्षको माध्यमिक शिक्षा परीक्षा SEE (एसइई) आज सकिँदै छ । चैत १५ गते सुरु भएको एसइई आज सकिन लागेको हो ।

परीक्षा फाराम भरेका ३७ हजारभन्दा बढी परीक्षार्थी अनुपस्थित रहेको राष्ट्रिय परीक्षा बोर्डले जनाएको छ ।

५ लाख ४ हजार विद्यार्थीले परीषाका लागि फाराम भरेका थिए ती मध्ये ३७ हजारले परीक्षा नै दिएनन् ।

४ लाख ७५ हजार परीक्षार्थीले प्रवेश पत्र लिएका थिए । प्रवेशपत्र लिएकामध्ये पनि ८ हजार भन्दा बढी विद्यार्थी परीक्षा दिन आएनन् ।

देशभरबाट ४ लाख ६७ हजारले मात्रै परीक्षा दिएको परीक्षा नियन्त्रक नन्दलाल पौडेलले बताए । अनुपस्थित परीक्षार्थीमध्ये अधिकांश छात्र रहेको बोर्डले जनाएको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved