डोल्पा आगलागीमा घाइते एक सैनिकको मृत्यु

नेपालभ्युज

डोल्पा आगलागीमा घाइते एक सैनिकको मृत्यु

काठमाडौं । डोल्पामा डढेलो निभाउने क्रममा घाइते एक  सैनिक जवानको मृत्यु भएको छ ।

मृत्यु हुनेमा देवीदत्त गुल्मका सिपाही जुम्लाको तातोपानी गाउँपालिका – ४ का २४ वर्षीय हेमन्त रावत रहेका जिल्ला प्रहरी कार्यालय हुम्लाले जनाएको छ ।

उनको उपचारका क्रममा डोल्पा अस्पतालमा मृत्यु भएको हुम्लाका प्रहरी प्रमुख डिएसपी हरिकृष्ण केसीले जानकारी दिए ।

ठूलीभेरी नगरपालिका–३ मा रहेको मष्टाभवानी सामुदायिक वनमा लागेको डढेलो नियन्त्रणमा लिने क्रममा सोमबार दिउँसो देवीदत्त गुल्मका ४ जना सेना घाइते भएका थिए ।

घाइते २ जनालाई नेपाली सेनाको हेलिकप्टरबाट काठमाडौं ल्याइएको थियो । अन्य २ जनाको जिल्ला अस्पतालमा उपचार भइरहेको थियो ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved