‘रामायण’ को सेटको भिडिओ भाइरल, देखियो अयोध्याको भव्य झलक

नेपालभ्युज

‘रामायण’ को सेटको भिडिओ भाइरल, देखियो अयोध्याको भव्य झलक

एजेन्सी । रणवीर कपूर र उनको फिल्म ‘रामायण’ विगत केही दिनयता चर्चामा छन् । रामायणको शुटिंग अघिल्लो हप्तादेखि सुरु भइसकेको छ । फिल्मको सेटबाट बाहिरिएका फोटो तथा भिडिओ भाइरल भइरहेका छन् ।

फिल्ममा रणवीर कपूर भगवान रामको भूमिकामा छन् । यो फिल्मको निर्देशन दंगल फिल्मका निर्देशक नितेश तिवारीले गरिरहेका छन् । रामायणको शुटिंग तीव्र गतिमा भइरहेको छ । यस्तो स्थितिमा फिल्मको सेट ठूलो तथा महंगो हुनु पनि स्वाभाविक छ ।

रामायणको सेटको एउटा भिडिओ भाइरल भइरहेको छ । मिडिया रिपोर्टअनुसार यो सेट बनाउन ११ करोड भारतीय रुपैयाँ खर्च भएको छ । यस्तो लाग्छ दर्शकलाई अयोध्या देखाउन एकदमै मेहनत गरिएको छ ।

भिडिओमा देखिएको अयोध्याको सेट एकदमै विशाल छ । पिलरमा परम्परागत कलाको झलक पनि देखिएको छ । यसबाहेक फिल्मका क्रु सदस्य भिडिओमा क्यामरा तथा अन्य उपकरण लिएर उभिएका देखिन्छन् ।

फिल्म तीन भागमा बनेको छ । पहिलो भागको कथा रामको जन्मस्थलमा बनाइएको छ । यदि यो साँचो सावित भयो भने यो ‘ब्रम्हास्त्र’ पछि रणवीर कपूरको दोस्रो ट्रिलोजी हुनेछ ।

रणवीर पछिल्लोपटक फिल्म ‘एनिमल’ मा कठोर र बदमास व्यक्तिका रुपमा देखिएका थिए । यसमा एउटा सादगीले भरिएको शान्त स्वभावको व्यक्तिको भूमिका निर्वाह गर्दैछन् जो एनिमलको भन्दा विपरित छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved