काठमाडौं । उपनिर्वाचन कार्यतालिका अनुसार उम्मेदवारविरुद्ध परेका उजुरीमाथि आज जाँचबुझ गरिने छ । उपनिर्वाचनमा उमेदवारी दिएका उम्मेदवारविरुद्ध परेका उजुरीमाथि निर्वाचन आयोगले छानबिन गर्ने छ ।
आयोगका अनुसार हिजो बिहान १० बजेदेखि दिउँसो ३ बजेसम्म उम्मेदवारको विरोधमा उजुरी दिने समय थियो । हिजै ३ बजेपछि आज बेलुका ५ बजेसम्ममा उजुरीमाथि जाँचबुझ गरिने कार्यतालिका छ । आयोगको छानविनपछि आज बेलुका उम्मेदवारको नामावली प्रकाशन गरिनेछ ।
२७ गते बिहान ९ देखि दिउँसो १ बजेसम्म उम्मेदवारी फिर्ताको समय दिइएको छ ।
२७ गते दिउँसो ३ बजेसम्म उम्मेदवारको अन्तिम नामावली प्रकाशन गर्ने र भोलि नै अपरान्ह ५ बजेसम्ममा उम्मेदवारलाई निर्वाचन चिन्ह प्रदान गरिनेछ ।
२०८१ वैशाख १५ गते बिहान ७ देखि बेलुका ५ बजेसम्म मतदान हुनेछ । इलाम–२ मा २० जना र बझाङ १ (क)मा १२ जनाले उम्मेदवारी दर्ता गराएका छन् ।
Facebook Comment
Comment