दिमाग नै हल्लाइदिने एक्सन सिन, करण जोहरले गरे ठूलो खुलासा

नेपालभ्युज

दिमाग नै हल्लाइदिने एक्सन सिन, करण जोहरले गरे ठूलो खुलासा

एजेन्सी । बलिउडका चर्चित फिल्म निर्माता तथा निर्देशक करण जोहरले आफ्नो प्रोडक्शन ब्यानरमा बनेको अर्को फिल्म ‘किल’ को धमाकेदार घोषणा गरेका छन् ।

‘किल’सँगै अभिनेता लक्ष्य फिल्म उद्योगमा कदम राख्दैछन् । साथमा अभिनेत्री तान्या मानिकतलाको पनि यो पहिलो ठूलो बजेटको एक्सन थ्रिलर फिल्म हो ।

यसअघि उनले विक्रान्त मैसी र विजय सेतुपति अभिनित फिल्म मुम्बईकरमा अभिनय गरेकी थिइन् । यी दुवै कलाकारसँगै फिल्ममा राघव जुयाल अर्थात कक्रोज पनि दमदार भूमिका देखिनेछन् ।

फिल्मको धमाकेदार टिजर निर्माताले रिलीज गरिसकेका छन् । जो थ्रिलर र एक्सनले भरपूर छ । रोचक के छ भने टिजरसँगै निर्माताले फिल्मको रिलीज गर्ने मिति पनि घोषणा गरेका छन् ।

टिजरबाट थाहा पाउन सकिन्छ यो फिल्म एउटा रेलको यात्रामा रहेर बनेको छ । टिजर शेयर गर्दै फिल्ममेकर करण जोहरले आफ्नो इन्स्टाग्राम पोस्टमा क्याप्सन लेखेका छन् “एक रात..एक ट्रेन.. मार्नुको एउटा कारण…किल” ।

यो फिल्म ५ जुलाई २०२४ का दिन रिलीज हुनेछ । फिल्मसँगै लक्ष्यको पनि बलिउडमा डेब्यू हुनेछ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved