काठमाडौं । चैत दोस्रो साता टिभी रियालिटी शो ‘कमेडी च्याम्पियन’को टिम चढेको कार दुर्घटनामा परेपछि शो रोकिएको छ ।
निर्देशक विशाल भण्डारी केही दिन थुनामा थिए । कमेडी शोका केही प्रतिस्पर्धी घाइते भए । एकजना अहिले पनि उपचाररत छन् । विशाल भण्डारी २ दिन हिरासत बसेर छुटिसकेका छन् । यस घटनाका कारण जारी तेस्रो सिजनको प्रसारण प्रभावित बनेको छ ।
दुईसातायता पुरानै शृङ्खला दोहोर्याएर शो प्रसारण भइरहेको छ । नयाँ कार्यक्रम रोकिएपछि शोको प्रसारण अन्योलमा देखिएको छ । दर्शकहरुले नयाँ एपिशोड खोजिरहेका छन् ।
यसको लागि सामाजिक सञ्जाल ह्याण्डलबाट विज्ञप्ति जारी गर्दै प्रस्तुतकर्ता थ्री प्रोडक्सनले आगामी सातादेखि उत्कृष्ट १० को प्रस्तुति हेर्न पाउने बताएको छ ।
दुर्घटनाका घाइते पाँचजना अस्पतालबाट डिस्चार्ज भएको उल्लेख गर्दै उक्त विज्ञप्तिमा सहायक निर्देशक सुशान्त बस्यालको स्वास्थ्यमा सुधार आएको जनाइएको छ ।
Facebook Comment
Comment