शिक्षा मन्त्रालयले उच्च शिक्षामा देखिएको समस्या समाधान गर्न बनायो चार वटा कार्यदल

नेपालभ्युज

शिक्षा मन्त्रालयले उच्च शिक्षामा देखिएको समस्या समाधान गर्न बनायो चार वटा कार्यदल
फाइल फोटो

काठमाडौं । उच्च शिक्षामा देखिएको समस्या समाधान गर्न शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयले चार वटा कार्यदल गठन गरेको छ ।

शुक्रबार एक महिने प्रगति विवरण सार्वजनिक गर्दै शिक्षामन्त्री सुमना श्रेष्ठले चार वटा कार्यदल गठन गरेको जानकारी दिएकी हुन् ।

श्रेष्ठका अनुसार छात्रवृत्तिसम्बन्धी कानुनको पुनरावलोकन, राष्ट्रिय परीक्षा सञ्चालन सम्बन्धी निर्देशिका तर्जुमा, विदेशी सम्बन्धनका कलेजहरूको व्यवस्थापन सम्बन्धी निर्देशिका संशोधन र शिक्षक सेवा आयोग नियमावली संशोधनसम्बन्धी कार्यदल गठन गरिएको छ ।

कार्यदलले प्रतिवेदन बुझाएपछि सोही अनुसार कामकारबाही अगाडि बढाउने उनले जानकारी दिइन् ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

लोकप्रिय (यो साता)

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved